सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

File Photo
File Photo

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन्।

शनिबार बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो। त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन्। एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो।

प्रकाशित मिति: : 2022-12-31 11:22:00

प्रतिकृया दिनुहोस्