जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव चयन भएका छन्।
दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो। तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेका हुन्।
जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी थिए। तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाएका हुन्।
जसपासँग १२ सांसद छन्। तीमध्ये राईको पक्षमा पाँच र सातजना उपेन्द्र यादव पक्षका थिए। राई दलको नेता बनेर सरकारमा पार्टीको नेतृत्व गर्न चाहन्थे। तर अध्यक्ष यादवले उनको चाहना पूरा हुन दिएनन्।
यादवको निर्णयपछि अशोक राई असन्तुष्ट बनेका छन्। यो घटनाले जसपामा विवाद देखिएको छ।