डेरा खाेज्दै शेरबहादुर देउवा

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास छाड्नकाे लागि घर खाेज्न सुरु गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै शेरबहादुर देउवाले सरकारी निवास छाेड्नुपर्नु हुन्छ।

देउवाकाे बूढानीकण्डस्थित घरमा अहिले मर्मत कार्य चलिरहेकाेले केही महिनाकाे लागि बाहिँरै बस्नुपर्ने भएकाे देउवाकाे सचिवालयले जानकारी दिएकाे छ।

‘देउवाजीलाई सरकारी निवास छाड्न अझै केही दिन लाग्ला जस्ताे छ,’ देउवाकाे सचिवालयले भन्याे,‘उहाँकाे घरमा अहिले मर्मत कार्य जारी छ, त्यसैले उहाँ केही महिना बाहिर बस्नुहुन्छ, हामीले भाडा घर खाेज्दैछाैँ।’

देउवाकाे घरकाे मर्मत सकिने अझै ४ महिना लाग्ने अनुमान गरिएकाे छ।

देउवाले बालुवाटारकाे सरकारी निवास छाडेपछि मात्रै प्रधानमन्त्री प्रचण्ड त्यहाँ सर्ने छन्।

प्रकाशित मिति: : 2022-12-27 11:30:00

प्रतिकृया दिनुहोस्