नागरिक उन्मुक्ति पार्टीकाे सर्त: रेशम चाैधरी जेलबाट नछुटेसम्म सरकारमा नजाने

नागरिक उन्मुक्ति पार्टीले आफ्ना नेता रेशम चाैधरी जेलमुक्त नभएसम्म सरकारमा नजाने अडान राखेकाे छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्न समर्थन गरेकाे नागरिक उन्मुक्ति पार्टीले चाैधरी जेलमुक्त नभएसम्म सरकारमा नजाने निर्णय गरेकाे हाे।

प्रचण्डलाई समर्थन गरेसँगै साेमबार बिहान रेशम चाैधरीसँगै डिल्लीबजार कारागारमा भएकाे पार्टीकाे छलफलमा उक्त निर्णय भएकाे पार्टीका एक नेताले बिएल नेपाली सेवालाई जानकारी दिए। सरकार बाहिरै रहेर समर्थन गर्ने ती नेताकाे भनाइ छ।

त्यस्तै पार्टी पङ्तीले साेमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई फाेनमार्फत साे कुराकाे जानकारी गराएकाे थिए।

यसअघि काँग्रेससहितकाे गठबन्धनलाई सरकार बनाउन सहयाेग गर्ने नागरिक उन्मुक्ति पार्टीकाे प्रस्तावपछि मन्त्रीपरिषद् बैठकले नयाँ अध्यादेश जारी गरेका थियाे। तर, उक्त ‘मुलुकी फाैजदारी कार्यविधि संहिता (पहिलाे संशाेधन) २०७९’ राष्ट्रपति कार्यालयमा थन्किएकाे छ।

कैलालीको टीकापुरमा ९ जनाको हत्या भएको घटनामा रेशम चौधरीलाई जन्मकैदको फैसला फैसाला सुनाइएकाे थियाे।

उनी जेलमा रहेपनि उनकाे पार्टीले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा ४ सिट जितकाे छ।

प्रकाशित मिति: : 2022-12-26 13:20:00

प्रतिकृया दिनुहोस्