प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेताहरू शीतल निवासमा (तस्बिरहरु)

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्न दलका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय सकिन केही मिनेट बाँकी रहँदा नेताहरु शीतल निवास पुगेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा आइतबार अपरान्ह एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।

उक्त सहमतिपछि १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका छन्। एमाले अध्यक्ष ओली, प्रचण्डसहितका नेता शीतल  निवासमा छन्।
 

प्रकाशित मिति: : 2022-12-25 17:14:00

प्रतिकृया दिनुहोस्