तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड

BreaknLinks
BreaknLinks

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बनेका छन्।

उनी १६९ सांसदको समर्थन जुटाएर संविधानको धारा ७६ को (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। उनलाई माओवादीसहित एमाले, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी रतीनजना स्वतन्त्र सांसदको समर्थन रहेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार प्रधानमन्त्रीमा नियुक्त प्रचण्ड नेपालको ४४औँ प्रधानमन्त्री बनेका छन्।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा ३२ सिटसहित तेस्रो दल बनेको माओवादी प्रमुख दुई दललाई स्तब्ध पार्दै सरकारको नेतृत्वमा पुगेको हो ।

१० वर्षे सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आए लगत्तै भएको निर्वाचनपछि दाहाल २०६५ मा पहिलोपटक र २०७३ मा दोस्रोपटक ९-९ महिना प्रधानमन्त्री भएका थिए। 

प्रकाशित मिति: : 2022-12-25 19:55:00

प्रतिकृया दिनुहोस्