गठबन्धन भत्कियो, अब हाम्रो भेट हुन्न भनेर प्रचण्डजी बाहिरिनुभो : रामचन्द्र पौडेल

File Photo
File Photo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन भत्किएको बताएका छन्।

बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

उनले भने, 'हाम्रो हातमा अब बाँकि केही रहेन । सरकार हाम्रो हातबाट बाहिरियो। प्रचण्डजीले गठबन्धन टुट्यो, अब हाम्रो भेट हुन्न भनेर बाहिरिनुभयो । गठबन्धनलाई बालुवाटारमा बिसर्जन गरेर बाहिरिनुभो।'

तर, कांग्रेसले गठबन्धन टुटाउन नचाहेको उनले बताए। 'अब गठबन्धन भत्किने छाँट देखियो, दुबैले अडान छोडेनन्', उनले भने। 

प्रकाशित मिति: : 2022-12-25 13:40:00

प्रतिकृया दिनुहोस्