बालुवाटार बैठकबाट बाहिरिए प्रचण्ड, माधव नेपाल र झलनाथ

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल बालुवाटारबाट बाहिरिएका छन्।

बालुवाटारमा जारी सत्ता गठबन्धनकाे बैठकबाट उनीहरू बाहिरिएका हुन्।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि त्यहाँबाट बाहिरिएका हुन्।

राष्ट्रपतिले नयाँ सरकार निर्माणको लागि दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। गठबन्धनमा सरकारको प्रधानमन्त्री पदमा माओवादी र कांग्रेसको दाबीका कारण सहमति हुन सकेको छैन।

प्रकाशित मिति: : 2022-12-25 13:08:00

प्रतिकृया दिनुहोस्