दाङमा बसकाे ठक्करबाट एक युवतीकाे मृत्यु भएकाे छ भने एक युवक घाइते भएका छन्।
घाेराही-तुलसीपुर सडक खण्डअन्तरगत घाेराही उपमहानगरपालिका- १६ सर्रामा बसले माेटरसाइकललाई ठक्कर दिँदा अन्दाजी १९ वर्षीया युवतीकाे मृत्यु भएकाे हाे। उनकाे परिचय खुलेकाे छैन।
माेटरसाइकल चालक दंगीशरण गाउँपालिका- ७ का १७ वर्षीय क्रिश खड्काकाे अवस्था भने मध्यम रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजन कुमार गाैतमले जानकारी दिए। उनकाे राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ।
शुक्रबार साढे ४ बजे तुलसीपुरबाट घाराही तर्फ आइरहेकाे रा १ ख २३७५ नम्बरकाे बसले तुलसीपुर तर्फ जाँदै गरेकाे रा २ प ५२५५ नम्बरको माेटरसाइकललाई ठक्कर दिएकाे थियाे। बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएकाे छ।