माओवादी संसदीय दलको नेतामा प्रचण्ड, छानेन उपनेता

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेकाे छ।

बिहीबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।

माओवादीले दलको उपनेता भने कसैलाई तोकेन । दुई उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा दुबैको दाबी रहेपछि हाललाई कसैलाई पनि दलको उपनेता नचुनिएको बताइएको छ।

प्रमुख सचेतकमा भने सचिव हितराज पाण्डेलाई चयन गर्ने निर्णय गरेकाे छ। ्

यसैगरी नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

पदाधिकारी बैठकले गरेको निर्णयलाई विहीबार बस्ने संसदीय दलको बैठकले औपचारिकता दिने छ। 

 

प्रकाशित मिति: : 2022-12-22 16:16:00

प्रतिकृया दिनुहोस्