‘रअ’ प्रमुख सामन्त गोयल काठमाडौंमा, प्रचण्डलाई सुटुक्क भेटे

भारतीय गुप्तचर संस्था 'रिसर्च एण्ड एनालिसिस विंग (रअ)का प्रमुख सामन्त गोयल सुटुक्क नेपाल आएका छन्।

स्राेतका अनुसार उनी सडकमार्ग हुँदै शनिबार बिहान काठमाडौं उत्रिए।

२०७७ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोप्य रुपमा भेटेर हलचल मच्चाएका 'रअ' प्रमुख गोयल राजनीतिक माहाेल तातिरहेका बेला नेपाल आइपुगेका हुन्।

भारतीय दूतावास स्राेतका अनुसार उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग भेटेवार्ता गरेका छन्।

त्यस्तै, भारतीय सेनाका ट्रेनिङ कमाण्डका प्रमुख लेफ्टिनेन्ट जनरल जसबिन्दर सिंह सन्धु काठमाडौं पनि आइपुगेका छन्।

उनीसहित अन्य चारजना सैन्य अधिकारी आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

प्रकाशित मिति: : 2022-12-18 16:19:00

प्रतिकृया दिनुहोस्