नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे एउटा बेग्लै विश्लेषण गरेका छन्।
आम—निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति ‘पश्चिमा संस्कार’को व्यापक प्रभाव देखिएको उनले बताएका छन्।
‘पश्चिमा संस्कारको प्रवृत्तिमा रमाउहरूको स्वतन्त्र पार्टीतर्फ झुकाव देखियो,’ कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा भने।
क्रिश्चियानिटीको प्रभावले रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राष्ट्रिय राजनीतिमा एकाएक उदाएको महासचिव पोखरेलको दाबी छ।
‘नेपालमा बढ्दै गइरहेको क्रिश्चियानिटीको प्रभावचाहिँ स्वतन्त्र पार्टीतर्फ झुकावका रुपमा देखापर्यो भन्ने कुरा गर्दाखेरि के अन्यथा हुन्छ र! सत्य त यही हो नी,’ उनले भने।