स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
मन्त्रालयले गरेको एक हजार ९९ नमूना परीक्षणमा एक जनाका कोरोना पोजेटिभ देखिएको हो।
यस अवधिमा ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १७ हजार सात सय २२ जनाले कोरोनाको बुस्टर डोज खाेप लगाएको उल्लेख छ।
हाल नेपालमा ४१ जना कोरोनाका संक्रिय संक्रमित छन् भने हालसम्म १२ हजार १९ जनाले कारोनाका कारण ज्यान गुमाएका छन्।