लोसपाले बुझायो प्रदेशसभाका तीन समानुपातिक सांसदको सूची

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाएको छ।

लोसपाले मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एक गरी तीन जनाको नाम टुंगो लगाएको हो।

लोसपाका नेता केशव झाका अनुसार मधेस प्रदेशमा रुपा कुमारी यादव (मधेसी महिला), रमिता प्रधान (मधेसी अल्पसंख्यक महिला) र लुम्बिनी प्रदेशमा हेमा बेल्वासे केसी (खस आर्य महिला)को नाम सिफारिस गरेको हो।

महन्थ ठाकुर नेतृत्वको लोसपाले राष्ट्रिय दलको मान्यता नपाए पनि प्रतिनिधिसभातर्फ चार सिट जितेको छ। 

प्रकाशित मिति: : 2022-12-09 20:51:00

प्रतिकृया दिनुहोस्