टीकाराम भट्टराईको बहस : महासचिवको पत्र गैरसंवैधानिक छ

File Photo
File Photo

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएकाे भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्र गैरसंवैधानिक भएकाे बताएका छन्।

शुक्रबार संवैधानिक इजलासमा चोलेन्द्रको निलम्बन फुकुवाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अधिवक्ता भट्टराईले यस्ताे बताएका हुन्।

उनले महाभियोग प्रस्ताव जीवितै रहेकाे भन्दै नयाँ संसदमा पेश हुने बताए। ‘जबराविरुद्धको महाभियोग प्रस्ताव जीवितै, नयाँ प्रतिनिधिसभामा पेश हुन्छ’ उनले भने। 

प्रकाशित मिति: : 2022-12-09 12:51:00

प्रतिकृया दिनुहोस्