'घन्टी'बाट काे–काे बन्दैछन् समानुपातिक सांसद ?

फाइल तस्बिर
फाइल तस्बिर

समानुपातिक सांसद चयनमा 'रवि लामिछानेले चलखेल गरेपछि' पार्टी कार्यालयमा प्रदर्शन


राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकको बन्दसूचीमा राख्ने नामका लागि प्रारम्भिक छनोट गरेको छ। 

प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत पाएको छ। योसँगै रास्वपा चौथो शक्तिका रुपमा स्थापित हुन सफल भएको छ।

समानुपातिकमा १३ सिट पाएको रास्वपाले आदिवासी जनजाति र खस आर्यबाट ३–३ जना, दलित र मधेशीबाट २–२ जना तथा पिछडिएका वर्ग, थारू र मुस्लिमबाट १–१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ।

यी हुन् रास्वपाबाट समानुपातिक सांसद बन्ने सम्भावित उम्मेदवार–

१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष) २. डोल प्रसाद अर्याल (खस आर्य पुरूष) ३. असिम साह (मुस्लिम पुरुष) ४. मनिष झा (मधेसी पुरूष) ५. इन्दिरा राना मगर (आदिवासी महिला) ६. सुमना श्रेष्ठ (आदिवासी महिला) ७. अशोक चौधरी (थारु पुरुष) ८. तपेश्वर यादव (मधेशी पुरुष) ९. गणेश कार्की (खस आर्य पुरुष) १०. दीपक बोहरा (खस आर्य पुरुष) ११. सन्तोष परियार (दलित पुरुष) १२. कल्पना रोक्का (दलित महिला) १३ . विनिता कठायत (पिछडिएको वर्ग महिला)

प्रकाशित मिति: : 2022-12-08 13:20:00

प्रतिकृया दिनुहोस्