बुधबार, १७ डिसेम्बर २०२५

समानुपातिक सांसद चयनमा 'रवि लामिछानेले चलखेल गरेपछि' पार्टी कार्यालयमा प्रदर्शन

News Image
• • •

रविको बटमलाइनः गगनलाई प्रधानमन्त्री मान्छौं, देउवा–प्रचण्डलाई मान्दैनौं


राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर तीव्र असन्तुष्टि देखिएकाे छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद छनौटमा बन्दसूचीको क्रमसंख्या भन्दा बाहिर गएर निर्णय हुन लागेको भन्दै पार्टीभित्र असन्तुष्टि देखिन थालेको हो। 

सुनसरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित भएका लालविक्रम थापाले बिहिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीले सही बाटो रोज्नुपर्ने बताएका छन्। 

'प्राइमरी इलेक्सन'मा मत कम आएका र बन्दसूचीमा क्रमअनुसार तल नाम रहेकालाई पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा आज बसुन्धारास्थित केन्द्रीय कार्यालयमा खबरदारी सभा गर्न लागिएको उनले बताएका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!