नरेश भण्डारी बने माओवादी जुम्ला इन्चार्ज

फाइल तस्विर
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)ले पोलिटव्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इन्चार्ज तोकेको छ। कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई दिएका हुन्।

मल्लको हस्ताक्षरित पत्रमा भनिएको छ,‘नरेश भण्डारीलाई हाम्रो पार्टी माओवादी केन्द्रको विधान २०७८ को दफा (४) अनुसार जिल्ला समन्वय समिति जुम्लाको इन्चार्जको जिम्मेवारी दिईएको छ।’

जुम्ला इन्चार्जको जिम्मेवारी आफूले पाएको भण्डारीले पनि जानकारी दिए। पार्टीले १५ वर्षपछि फेरि इन्चार्जको जिम्मेवारी दिएको जानकारी दिँदै भण्डारीले भने, ‘अब पार्टीमा सवैसँग सहकार्य गरेर अगाडि बढ्नेछु।’

यसअघि जुम्लामा माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी इन्चार्जको रुपमा थिए।

प्रकाशित मिति: : 2022-12-01 10:33:00

प्रतिकृया दिनुहोस्