कांग्रेसका बागी उम्मेदवारका कारण धाराे एक सशक्त ब्रान्ड !

२०७९ वैशाख ३० गते भएकाे नगर निर्वाचनमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका राजुसिंह कठायत स्वतन्त्र उम्मेदवारकाे रुपमा चुनावी मैदानमा उत्रिए।

यसअघि २०७४ काे स्थानीय तह निर्वाचनमा उनी सम्भावित उम्मेदवारकाे सूचीमा एक नम्बरमा थिए। टिकट उनैले पाउँछन् भनेर व्यापक प्रचार गरियाे। तर, मनाेनयनकाे अन्तिम समयमा कान्तिका सेजुवालकाे नाम आश्चर्यजनक ढंगबाट आयाे।

कांग्रेसमा ठुलाे लफडा भयाे। कांग्रेसविरुद्ध कालाे झण्डा देखाइयाे। केन्द्रकाे निर्णय जबर्जस्त लाद्न खाेजिएपछि कार्यकर्ताहरु रुष्ट भए। त्यसैकाे परिणाम धेरै वडामा कांग्रेसले वडाअध्य समेत उठाएन।

यत्राे हुँदा पनि राजुसिंहले स्वतन्त्र उम्मेदवारी दिएनन्। माैन बस्ने निर्णय गरे। कांग्रेस पार्टीको एउटा विशेषता अन्तिम समयसम्म पनि आन्तरिक लफडा मिलाउन सफल हुनु हाे। राजुसिंहसँगकाे लफडा मिल्याे। उनी एक सय ८० डिग्री फन्काे मारेर कान्तिका सेजुवालकाे निम्ति भाेट माग्न हिँडे र जिताइ छाडे।

साेही वर्ष भएकाे प्रदेश र प्रतिनिधि सभाकाे निर्वाचनमा वाम गठबन्धन भयाे। गठबन्धनकाे रापतापसँग जुध्ने आँट सितिमिति कसैले गरेनन्। त्यसमाथि जुम्लामा एक सशक्त नेतृत्वकाे रुपमा स्थापित भइसकेका नरेश भण्डारीकाे प्रतिस्पर्धी बन्नु थप चुनैतिपूर्ण थियाे।

निर्माण व्यवसाय गरेर बेलाबेला जाेखिम माेलेका कठायतले त्यतिबेला ठुलो जाेखिम माेले। उच्च जाेखिममा कुनै लाभ नपाएकाे त्याे पहिलाे घटना थियाे।

उनी आज पनि भन्छन्,‘पार्टी र पेसा, व्यवसाय फरक कुरा हुन। मैले पार्टी निर्णयका निम्ति जाेखिम माेलेकाे थिएँ। लाभकाे आशा थिएन। तर मैले प्रतिस्पर्धी मत प्राप्त गरे।’

पाँच वर्ष पार्टीको भक्त भएर बसेका उनी ०७९ वैशामा भएकाे निर्वाचनमा मेयरकाे तयारी गरिरहेका थिए। आन्तरिक लभिङ बढाइरहेका थिए। कार्यकर्ता तवरबाट उनलाई साथ थियाे। पार्टीले सम्भावित उम्मेदवारकाे सूचीमा फेरि पनि उनी एक नम्बरमै थिए।

मनाेनयन दर्ता गराउने अन्तिम तयारी भइरहेको समयमा एकाएक निर्णय उल्टिएकाे खबर आयाे। मेयरकाे टिकट पदम शाहीले पाए। कठायत पुन: बलिकाे बाेकाे भए।

उनी आफन्त र शुभेच्छुकले घेरिए। अन्यायकाे विरुद्ध लड्न आव्हान गरे। परिणाम उनले पहिलो पल्ट स्वतन्त्र उम्मेदवारी दर्ता गरे। कांग्रेसले निकालेको जुलुसभन्दा उनकाे समर्थनमा मान्छे बढी ओर्लिए। त्यही बेला कठायतले पाएकाे चुनाव चिन्ह थियाे, धाराे। जुन अहिले सशक्त चुनावी ब्रान्ड बनिसकेको छ।

स्थानीय तहकाे निर्वाचनमा धाराेले जम्मा ६२ मतान्तरले जित्याे। त्यसबेला धाराे धेरै मतदाताकाे लागि नाैलाे थियाे। तर, पछिल्लो समय धाराे धेरै मतदाताकाे आकर्षण बन्याे। त्याे पनि कांग्रेसकै बागी स्वतन्त्र उम्मेदवारका कारण।

धाराे चिन्हले हारकाे स्वाद चखाएकाे छ महिना नबित्दै कांग्रेसले फेरि धाेरासँगै सामना गर्ने परिस्थिति आइपुग्याे। गुटगत राजनीतिका कारण पार्टीको शेखर समूह सधैं अपहेलित भएपछि कांग्रेस नेता देवेन्द्रबहादुर शाही र धनबहादुर बस्नेतले प्रदेश सभा (क) र (ख) मा स्वतन्त्र उम्मेदवारी दिए।

उम्मेदवारी दर्ता गर्न मेयर राजुसिंह कठायतकै घरबाट तयारी गरे। उनीहरु दुबैले धाराे चुनाव चिन्ह लिए। हिजाे कठायत एक्लैले स्थापित गरेकाे धाराे अब अन्य उम्मेदवारकाे भाेट माग्ने गतिलाे माध्यम बन्याे।

उम्मेदवारहरु मतदातासँग पुग्दा हातकाे इशारा गेरेर हलाे जाेत्न लागेकाे र धाराेका पानी पिउन लागेकाे संकेत गरी मत दिन्छाैं भनेकाे प्रदेश सभा (क)बाट विजयी देवेन्द्र शाहीले बताए।

परिणाम उनी लाेकप्रिय मतले विजयी भए। प्रदेश सभा (क) मा खसेका कुल २४ हजार ९ सय ५८ खसेको मत मध्ये शाहीले धाराे चिन्हमा ९ हजार छ सय ५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ललितजंग शाहीले रुख चिन्हमा ७ हजार ७ सय ५५ मत प्राप्त गरे।

त्यस्तै प्रदेश सभा (ख) मा धाराे चुनाव चिन्ह लिएका धनबहादुर बस्नेतले पराजय बेहाेरे पनि सम्मान जनक मत पाए। उनले ४ हजार १ सय ६५ मत प्राप्त गरे। यदि उनी चुनावी मैदानमा नहाेमिएकाे भए एमालेका टेकराज पछाईले चुनाव जित्न सम्भव थिएन। बहालवाला प्रदेश मन्त्री पदम राेकायासँगकाे प्रतिस्पर्धा भारी हुने उनलाई धाराेले हल्का गराइदियाे।

जुम्लाकाे लागि धाराे चुनाव चिन्ह कसैले जित्नका लागि र कसैलाई हराउनका निम्ति समेत उपयोगी सावित भयाे। समग्रमा एक ब्रान्डकाे रुपमा स्थापित भयाे।

तर, जुम्लाकाे इतिहासमा बागी स्वतन्त्र उम्मेदवार बनेका धेरैले लिएकाे चुनाव चिन्ह स्थापित हुन सकेन। २०५१ सालमा युवा जाेससहित बागी स्वतन्त्र उम्मेदवार बनेका ललितजंग शाहीकाे हाँस चिन्ह स्थापित हुन सकेन। हाँस चुनाव चिन्ह नै लिएर २०५६ सालकाे निर्वाचनमा उनी पुन: बागी स्वतन्त्र उम्मेदवार बन्दा पनि स्थापित हुन सकेनन्।

०५६ कै निर्वाचनमा नेमकिपाबाट बिद्राेह गरेर स्वतन्त्र उम्मेदवार बनेर घर चुनाव चिन्ह लिएका रामकृष्ण बुढथापा पनि स्थापित हुन सकेनन्। तर, याे छ महिनाकाे अवधिमै धाराे एक सशक्त ब्रान्डकाे रुपमा स्थापित भयाे।

प्रकाशित मिति: : 2022-11-27 09:25:00

प्रतिकृया दिनुहोस्

    हुनपनि हो किनकि नेपाली कांग्रेसमा यस्तो कुरा नयाँ होईन यो पुरानै शैलीबाट चली आएको हुनाले एक पक्षले अर्को पक्षसँग हेपाहा प्रवृत्तिको बिकाश भयको हुनाले मर्नु भन्दा बौलाउनु बेश भनेझै हो 'dharo ब्राण्ड ' जब केन्द्र तहबाट नै जुम्लाको रूख ब्राण्ड सचिन्न तबसम्म यो 'धारो ब्राण्ड' आम जनतासँग हुने छ ।

    • एक बर्ष अगाडि
    • Sher Bahadur rawat