केही समय पहिला अमेरिकी फाेटाेग्राफर कितिया पावलोव्स्कीले सगरमाथ क्षेत्रमा खिचेकाे भनिएकाे हिउँ चितुवाकाे भाइरल तस्बिर नक्कली भएकाे दाबी गरिएकाे छ।
हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको 'फ्याक्ट चेक' गरी साे तस्बिर नक्कली भएकाे दाबी गरेकाे हाे। उक्त दृश्य फाेटाेसफकाे मद्दतले बनाइएकाे उसकाे दाबी रहेकाे छ।
उसकाअनुसार फोटोमा हिमाल दृश्यहरू जोडिएकाे छ भने हिउँ चितुवालाई असम्भव स्थानमा देखाएको छ। पत्रिकाले पावलोव्स्कीलाई फोटोसफ विज्ञ पनि भनेको छ।
यस्ताे छ, अलपाइन इन्टरनेसनल म्यागाजिनकाे दाबी:
THE FAKE SNOW LEOPARD : PHOTOMONTAGE SPREAD AROUND THE WORLD