पाल्पा–१ मा एमालेका नारायणप्रसाद आचार्य निर्वाचित

पाल्पा–१ मा नेकपा एमालेका उम्‍मेदवार नारायणप्रसाद आचार्य निर्वाचित भएका छन्।

कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन्।

आचार्यले ३१ हजार १ सय ३ मत पाउँदा कांग्रेसका गाहाले २० हजार २५६ मत ल्याएका छन्। 

यस्तै स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले ११५मत ल्‍याएका छन्।


 

प्रकाशित मिति: : 2022-11-25 17:05:00

प्रतिकृया दिनुहोस्