उदयपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (१) बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका छन्।
उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई पराजित गरेका हुन्।
किरातीले १५ हजार ९२ मत ल्याउँदा बस्नतेले १३ हजार ८४९ मत प्राप्त गरे। त्यसैगरी राप्रपाका सुभाषचन्द्र खड्का २ हजार ६७९ मत ल्याएका छन्।