काठमाडौं- ५ मा काँग्रेसका प्रदीप पौडेलको विजय

काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन्।

उनले नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन्।

भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २ सय ३७ मत पाएका छन्। भने, एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-22 21:35:00

प्रतिकृया दिनुहोस्