रोल्पामा वर्षमान पुनको अग्रता कायमै

file Photo
file Photo

रोल्पा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका मतगणना जारी रहेको छ।

जिल्लामा प्रतिनिधिसभातर्फ १५ हजार दुई सय ८६ मत गणना हुदाँ सम्म गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका वर्षमान पुनले तेब्बर मतले अग्रता कायम राखेका छन्।

नेकपा माओवादी केन्द्रका नेता पुनले नौ हजार दुई सय ७७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले तीन हजार सात सय ४७ मत प्राप्त गरेका छन्।

प्रदेशसभा १ मा १२ हजार आठ सय ६२ मत गणना हुँदा गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका जोखबहादुर महराले सात हजार नौ सय ३३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कमलबहादुर बुढाथोकीले दुई हजार सात सय ४३ मत प्राप्त गरेकाख छन्।

प्रदेशसभा २ मा ११ हजार नौ सय २१ मत गणना हँुदा स्वतन्त्र तर्फका उम्मेदवार दीपेन्द्रकुमार पुनले चार हजार छ सय २३ मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवार कांग्रेसका अमरसिंह पुनले तीन हजार आठ सय चार मत प्राप्त गरेका छन्। नेकपा एमालेका प्रेमबहादुर घर्तिमगरले दुई हजार पाँच सय ८८ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-22 20:17:00

प्रतिकृया दिनुहोस्