रौतहट-३ मा प्रभु साह झण्डै दोब्बर मतले अगाडि

File Photo
File Photo

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी छ।

प्रतिनिधिसभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर ३ मा जारी मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार रहेका पूर्वमन्त्री प्रभु साह आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतका साथ अगाडि छन्।

रौतहट ३ बाट लगातार तीन पटकदेखि विजयी हुँदै आएका साह ६२ सय ५३ मतसहित अगाडि छन्। नेकपा एमालेसहितका दलले समर्थन गरेका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाल ३७ सय ५१ मतसहित दोस्रो स्थानमा रहेका छन्।

आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतका साथ अगाडि रहेका साह चौथो पटक सांसदमा विजयी हुने संकेत देखिन्छ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका रबिन्द्र पटेल धिरले १७ सय ५९ मतसहित तेस्रो स्थानमा रहेका छन्। धिरजलाई माओवादी केन्द्रले साधारण सदस्य समेतबाट कारवाही गरिसकेको छ।

धिरजलाई कारवाही गरेको माओवादी केन्द्रसहित सत्तारुढ पाँच दलीय गठबन्धनले साहलाई समर्थन गरेको थियो। तर केन्द्र स्तरबाट समर्थन गरिए पनि सो क्षेत्रमा साहलाई भनेजस्तै अन्य दलले सहयोग गरेका थिएनन्।

एमाले, कांग्रेस, जसपासहितका प्रमुख दलले साहलाई असहयाेग गर्दै जैसवाललाई सघाएका थिए। तर रौतहट सहित देशैभरी विकास गरेका कारण साहलाई सर्वसधारण मतदाताले मन पराउने कारणले साहको लोकप्रियता बढदै गएको छ। सोही कारण साह पुन: विजयी हुने देखिन्छ।

प्रकाशित मिति: : 2022-11-22 14:36:00

प्रतिकृया दिनुहोस्