कैलाली क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले योजना अनुसार काम अगाडि बढाउने बताएका छन्।
विजयी भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले मतदाताकै चाहना अनुसारको काम गर्ने बताएका हुन्।
मतदाताहरूकाे घरदैलाेमा जाने बताउँदै उनले भने, ‘म तपाईंहरुको घरदैलोमा आउँदैछु, तपाईंहरुको योजना के छ, त्यही योजना अनुसार काम अगाडि बढाउने छु।’