सुनसरी क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणामअनुसार लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मुक्साङहाङ मेन्याङ्बो (मुकेश)ले अग्रता लिएका छन्।
धरान उपमहानगर क्षेत्रको वडा नं १ देखि ४ सम्मको कूल छ हजार चार सय ३६ मत गनिसक्दा मुकेशले अग्रता लिए।
मुकेशले एक हजार दुई सय मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले–जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले एक हजार एक सय २२ मत ल्याएर मुकेशलाई पछ्याएका थिए।
यस्तै, खरायो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले एक हजार ९१, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले एक हजार ९० र राप्रपाका उम्मेदवार अशोक राई (अविरल) ले एक हजार चार मत प्राप्त गरेका छन्। सुरुआती चरणमा राप्रपा र स्वतन्त्र पार्टीको अग्रता थियो।