कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीले खाेल्याे खाता, गंगाराम चौधरी विजयी

कैलाली क्षेत्र नम्बर–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन्। 

प्रतिनिधिसभा सदस्य उम्मेदवारका उनी २३ हजार १२० मत ल्याएर विजयी भएका हुन् भने नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याएका छन्। 

त्यसैगरी नेकपा एमालेका गौरीशंकर चौधरी भने ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा सीमित भए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गरे। 


 

प्रकाशित मिति: : 2022-11-22 13:34:00

प्रतिकृया दिनुहोस्