काठमाडौं–४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ।
४ हजार ८८१ मत गणना बाँकी छँदा महामन्त्री थापाले ५ हजारभन्दा बढी मतको अग्रता लिएका छन्।
उनले १९ हजार १४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार डा. राजन भट्टराईले १३ हजार २३ मत पाएका छन्।
गगन २०७० र २०७४ सालको निर्वाचनमा पनि काठमाडौं–४ बाटै निर्वाचित भएका थिए।