पूर्वी रुकुममा सर्वदलीय बैठक सम्पन्न 

बिएल संवाददाता

रुकुम पूर्व

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणनाका लागि जिल्लाको एक मात्र प्रतिनिधि सभा तथा दुई वटा प्रदेश सभाको निर्वाचन क्षेत्रको समग्र सर्वदलीय बैठक सम्पन्न भएको छ।

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको दुई वटा मतदान स्थलको मतपेटिका र सिस्ने गाउँपालिकाको एक मतदान स्थलको मतपेटिका आउँन बाकी छ।

सबै मतपेटिका ल्याइएलगत्तै मतगणना सुरु हुने पूर्वी रुकुमका मुख्य निर्वाचन अधिकृत तेज कुमार वलीले बताए। 

उनका अनुसार मतगणना जिल्लाको सदरमुकाम रुकुमकोट स्थित रुक्मिनी माविमा हुनेछ। 

प्रकाशित मिति: : 2022-11-21 17:22:00

प्रतिकृया दिनुहोस्