दाङ २ मा माओवादीकी रेखा शर्माकाे अग्रता 

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन्।

२ हजार ७८० मत गणना गर्दा शर्माले १ हजार ४५० मत प्राप्त गरेकी छन्। 

रेखालाई एमालेका महासचिव शंकर पाेखरेलले पछ्याइरहेका छन्। उनले ८४६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन्।

अहिले बंगालचुली र घाराहीकाे १५ र १९ नम्बर पडामा मत गणना भइरहेकाे छ।

प्रकाशित मिति: : 2022-11-21 16:08:00

प्रतिकृया दिनुहोस्