सप्तरी क्षेत्र नम्बर–२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।
उनले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत प्राप्त गरेका छन्।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए।