काठमाडाैं उपत्यकामा हाेलीकाे राैनक

उपत्यकाका ९० स्थानमा प्रहरीकाे मापसे र लापसे जाँच

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि होली खेल्न सुरू भएसँगै प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जयबहादुर राउतका अनुसार उपत्यकाका ७५ ठाउँमा चेकपोस्ट खडा गरी चेकिङ भइरहेको छ।

मादक पदार्थ सेवन ९मापसे० र लागु पदार्थ सेवन (लापसे) गरी चलाएका सवारी साधन होल्ड र चालकलाई प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिइने एसपी राउतले बताए।

काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा प्रहरीले सवारी रोकेर चालकले मादक पदार्थ सेवन गरे–नगरेको भनी जाँच गरिरहेको छ।

नेपाल प्रहरीले सुव्यवस्थित, सभ्य र सतर्कताका फागु खेल्न आग्रह गरेको छ। साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर फागु नखेल्न पनि आग्रह गरेको छ।

फागुलाई व्यवस्थित बनाउन काठमाडौंका ९० बढी स्थानमा चेकजाँच गर्न टोली खटाएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2025-03-13 11:23:00

प्रतिकृया दिनुहोस्