महोत्तरी–१ मा १ बजेबाट मतगणना सुरू

फाइल तस्बिर
फाइल तस्बिर

महोत्तरी १ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठकबसेको छ। 

आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सर्वसम्मति जनाउँदै १ बजेबाट मतगणाना गरिने निर्वाचन आयोगले जनाएको छ।

बैठकमा क्षेत्र नम्बर १ का केही ठाउँमा मतदानका क्रममा भएका त्रुटिलाई समेत प्रश्न उठाइएको छ। 

मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रलाई बदर गरिने र उक्त मतदान अधिकृतलाई कारवाही गर्न सिफारिस गरिने निर्वाचन अधिकृत गुणराज श्रेष्टले जानकारी दिए।

दमार, चल्तीलगायतका ठाउँमा मतदान अधिकृतले केही मतपत्रमा हस्ताक्षर नभएको पाइएको छ।

मतगणना भने प्रत्यक्ष प्रतिनिधिसभा र प्रदेशसभाको एकसाथ गणाना गरिने सहमति भएको छ। विशाल बस्नेत

प्रकाशित मिति: : 2022-11-21 10:50:00

प्रतिकृया दिनुहोस्