कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ।
प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै ५ सय २८ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)की विद्या भट्टराईले ३ सय ९७ मत प्राप्त गरेकी छन्। गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले २ सय ९६ मत प्राप्त गरेका छन्।
निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यको मतगणना पनि भइरहेको छ।
त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना बिहान ११ बजेदेखि सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताए।