उपल्लो डाेल्पाका २२ मतदान केन्द्रका मतपेटिका मात्र हेलिकप्टरबाट झार्ने तयारी

डाेल्पाकाे उत्तरी क्षेत्रमा पर्ने उपल्लो डाेल्पाका २२ मतदान केन्द्रका मतपेटिकाहरु हेलिकप्टरबाट झार्ने तयारी गरिएको छ।

उपल्लो डाेल्पाबाट बाेकाएर मतपेटिका ल्याउन चार दिनदेखि एकसातासम्म लाग्ने भएकाले हेलिकप्टबाटर झार्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए।

आज साझसम्म उपल्लो डाेल्पाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम आइपुग्ने उनले बताए।

जिल्लाकाे ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिका हिजाे राति नै आइपुगेको र अन्य स्थानीय तहका मतपेटिका दिउँसोसम्म आइपुग्ने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-21 08:56:00

प्रतिकृया दिनुहोस्