काठमाडौँ– ७ मा मानुषी तेस्रो, घण्टीकाे अग्रता कायमै

मतगणनाको प्रारम्भिक नतिजाअनुसार काठमाडौं– ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार अस्मिता सिंह (मानुषी) यमी भट्टराई तेस्रो स्थानमा पुगेकी छन्।

प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतले अग्रता लिँदा एमालेका श्याम घिमिरे ९३ मतसहित दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रकी मानुषी ७५ मतसहित तेस्रो स्थानमा छन्।

सो क्षेत्रमा लौरो चिन्ह चौंथो स्थानमा छ।

प्रकाशित मिति: : 2022-11-21 08:43:00

प्रतिकृया दिनुहोस्