बाजुराको स्वामीकार्तिकको मतपेटिकामा आगजनी

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बाजुरा जिल्लामा मतदानस्थलको एउटा मतपेटिकामा आगलागी भएको छ। 

स्वामी कार्तिक खापर गाउँपालिका–१ रुडीस्थित भगवती आधारभुत विद्यालयकाे मतदान केन्द्रमा रहेको समानुपातिक तर्फको मतपत्रमा आगलागी भएको हो।

प्रदेशसभाको समानुपातिकतर्फ ‘क’ बुथमा ब्याले बक्स भित्रै मतपत्रमा आगो लागेकाे बताइएकाे छ। मतपेटिकामा कसले आगो लगाएको भन्ने खुलेको छैन। 

आगो देखिएपछि पेटिकामा पानी खन्याइएको मतदान अधिकृतले जनाएका छन्।

प्रकाशित मिति: : 2022-11-20 15:34:00

प्रतिकृया दिनुहोस्