मतदानपछि बाबुराम भट्टराईले भने- भष्मासुर प्रवृत्तिको उदय नहोस्

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा. बाबुराम भट्टराईले मतदान गरेका छन्।

आइतबार गोरखाकाे पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट मतदान गरेका हुन्।

मतदानपछि भट्टराईले भने, ‘राम्रा उम्मेदवारहरूले जितुन्, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस्, भष्मासुर प्रवृत्तिको उदय नहोस्, सुशासन र समतामूलक समृद्धिको नयाँ युग सुरू होस्।’

प्रकाशित मिति: : 2022-11-20 14:15:00

प्रतिकृया दिनुहोस्