कास्कीमा नेकपा बहुमतले फुटायाे मतपेटिका 

फाइल तस्बिर
फाइल तस्बिर

कास्कीमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन्।

कास्कीकाे माछापुच्छ्रे गाउँपालिका–८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा उनले मतपेटिका फुटाएका हुन्। 

माछापुच्छ्रे गाउँपालिका–९ का ३२ वर्षीय सूर्य परियारले आफूले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा पछारेका हुन्। उनले मतपेटिका फुटाएपछि मतदान रोकिएको थियो।
 

प्रकाशित मिति: : 2022-11-20 12:07:00

प्रतिकृया दिनुहोस्