नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले मतदान गरेका छन्।
बुटवल–८ मा रहेको डिभिजन सडक कार्यालय परिसरस्थित हेभी इक्वीपमेन्टमा रहेको मतदान केन्द्रमा पौडेलले मतदान गरेका हुन्।
मतदानपछि प्रतिक्रिया दिंदै पौडेलले निर्वाचन लोकतन्त्रको उत्तम अभ्यास रहेको बताएका छन्।
उनले यो निर्वाचनबाट एमालेले राम्रो नतिजा ल्याउने बताएका छन्। पौडेलले एमालेले हारे देशले हार्ने पनि बताएका छन्।