जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेर देखापरेको छ।
आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा विभिन्न जिल्लामा विप्लव कार्यकर्ताले अवरोध गरिरहेका छन्।
विप्लव कार्यकर्ताले चितवनको ब्रह्मस्थानमा मतपेटिका लुट्ने प्रयास गरेका छन्। अहिले त्यहाँ मतदान रोकिएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका-९ जुटविकासमा शंंकास्पद वस्तु राखेर मतदातालाई रोक्ने प्रयास गरेका छन्।
निर्वाचनको पूर्वसन्ध्यामा नेकपा कार्यकर्ताले पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ नमुना सदरमुकाम नजिकै शंकास्पद बम राखेका थिए। सेनाको टोलीले डिस्पोज गरेको थियो।
बर्दियाको गुलरिया नगरपालिका-२ स्थित शम्भुशरण मावि खैरापुरमा रहेको मतदानस्थलमा बम विस्फोट भएको छ। प्रहरीले नेकपा कार्यकर्ताले गराएको जनाएको छ।