लमजुङमा निर्वाचनका लागि खटिए कर्मचारी र सुरक्षाकर्मी

फाइल तस्बिर
फाइल तस्बिर

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा कर्मचारी र  सुरक्षाकर्मी आ-आफ्नो  केन्द्रमा  खटिएका छन्।

आठवटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा १४ सय ९७ कर्मचारी र २३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्लाभर एक सय ८८ मतदान अधिकृतसहित १४ सय ९७ कर्मचारी आ-आफ्नो निर्वाचन सामग्री बुझेर निर्वाचनको केन्द्रमा पुगेका छन्।

सुरक्षाकाा लागि  म्यादी प्रहरी एक हजार ९७ जना खटियका छन्। नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना चार सय ६०, सशस्त्र प्रहरी एक सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटियका छन्।

उनीहरूलाई मतदानस्थल, मतदान केन्द्रको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिने भएको  छ।

लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल छन्।

कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन्। लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन्।

जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता छन्।

संघतर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन्।

त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए। 

प्रकाशित मिति: : 2022-11-18 13:08:00

प्रतिकृया दिनुहोस्