शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ : आयोग

निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ। 

आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे मत बदर गरी उक्त केन्द्रमा पुनः मतदान हुने जानकारी दिएका हुन्। 

बुथ कब्जा गरेर मतदान गर्ने सोच नराख्न आग्रह गर्दै उनले शतप्रतिशत मत खसे सो मत बदर गरेर उक्त मतदान केन्द्रमा पुनः मतदान हुने बताएका हुन्। 

विगतका निर्वाचनमा बुथ कब्जा हुने गरेका स्थानमा हवाईगस्ती गरिने थपलियाले जानकारी दिए। 

प्रकाशित मिति: : 2022-11-17 17:56:00

प्रतिकृया दिनुहोस्