प्रतिनिधि सभाकाे निर्वाचन आउन ४ दिन मात्र बाँकी हुँदा माेरङ– ३ बाट राप्रपा उमेदवार रेखा थापाकाे वडाबाट उनका ५ सय कार्यकर्तासहित पार्टीका प्रभावशाली नेता अम्बिकाप्रसाद अधिकारी नेपाली कांग्रेस प्रवेश गरेका छन्।
माेरङ– ३ बाट प्रतिनिधि सभामा उमेदवार रहेकी रेखाकाे गृह वडा सुन्दरहरैचा– ७ हाे। घर वरिपरिका ५ सय बढीले राप्रपा छाेडेपछि रेखालाई ठुलाे धक्का लागेकाे छ।
सलकपुरमा आज भएको चुनावी सभामा नेपाली कांग्रेसका उमेदवार डाक्टर सुनिल शर्माले अम्बिकाप्रसाद अधिकारि र उर्मिला अधिकारी लगायतका कार्यकर्तालाई टीका लगाएर कांग्रेसमा प्रवेश गराए।
डाक्टर शर्माले कार्यक्रममा बाेल्दै अभिनेत्री थापा शिसाकाे पर्दामा अब्बल भए पनि राजनीतिमा खहरे खाेला जस्तै भएको बताए। उनले भने, ‘चुनाव लड्न एजेण्डा चाहिन्छ, हामी ५ वर्षअघि हारेर पनि लाखौं गरीव दुखीकाे नि:शुल्क उपचार गरेर मतदाताका वरिपरि रह्याैं। हजारौंलाई नि:शुल्क पढायाैं। काेराना कालमा नथाकिकन काम गर्याैं। तर, पनि ठाउँ ठाउँमा हामीमाथि प्रश्न उठाएका छन्। तर, यहाँ राज्यकोषबाट कराेडाैं कुम्ल्याउनेहरू ,एक/दुई दिन गाउँ घुमेर नमस्कार गरेकै भरमा चुनाव जित्छाैं भनेर हिँडिरहेका छन्।’
उनले अब कांग्रेसकाे जित कसैले राेक्न नसक्ने ठाेकुवा गरे।