महाकाली नदीमा पुल बनाउने प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री देउवा

File Photo
File Photo

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बैतडीका तल्लो स्वराडको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्।

शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उग्रतारा मेलौली सडकखण्डलाई पूर्णता दिने र पञ्चेश्वर बहुदेश्यीय परियोजना अगाडी बढाउन भारतसंग समन्वय गर्ने बताए।

भारतसँग सिमाना जोडिएको तल्लो स्वराडमा महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने उनले बताए। ‘महाकालीमा झोलुङ्गे पूल निर्माणको लागि तल्लो स्वराड बासीको आग्रह छ, यो प्रक्रिया अगाढी बढाउछौँ,’ प्रधानमन्त्री देउवाले भने।

थुप्रै सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको विकासको लागि बैतडीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले यहाको विकासको लागि प्राथमिकतामा राख्नु पर्ने पनि प्रधानमन्त्री देउवाले बताए।

चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभामा बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कुवंर र प्रदेश सभा (ख)मा शिवराज भट्टनै सक्षम नेतृत्व रहेकाले उनीहरूलाई विजयी गराउन अपिल गरे।

प्रकाशित मिति: : 2022-11-16 19:11:00

प्रतिकृया दिनुहोस्