जुम्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आफूलाई जित्नबाट कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्तासमेत रहेका शाहीले सोमबार जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफूलाई रोक्न सक्ने कसैसँग तागत र क्षमता नभएकोले आफ्नो जित निश्चित भएको बताएका हुन्।
‘दाजु–भाइ, दिदी–बहिनी हो, अब हाम्रो विजयीलाई रोक्न सक्ने तागत र क्षमता जुम्लाका नेता त छोडौँ काठमाडौँका टाउकेहरुसँग पनि छैन’, शाहीले भने,‘अब हाम्रो विजय निश्चित छ।’ उनले जुम्लीवासीको आँखाबाट कहिले आँशु झर्न नदिने प्रतिवद्धतासमेत जाहेर गरे।
सामाजिक अभियन्ता हुँदै राजनीतिमा उदाएका शाहीले आफ्नो क्षेत्रमा चुनावी सभालाई तिब्र पारेका छन्।
भिडियाे: