जुम्लामा बसको ठक्करबाट एक बालककाे मृत्यु भएको छ।
चन्दननाथ नगरपालिका-९ उमगाड नजिकै स्कुल बसले पैदल हिँडिरहेको बालकलाई ठक्कर दिएको थियो।
ऐरेनीबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको भे १ क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए। मृत्यु हुनेमा अन्दाजी ११ वर्षका राजेश गिरी रहेका छन्।
'अपरान्ह ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो। बस र चालक प्रहरीको नियन्त्रणमा छ,' डिएसपी चन्दले भने।
मृतक बालकका आफन्तले उचित क्षतिपूर्ति र चालकलाई हदै सम्मकाे कारबाही गर्न माग गर्दै सडक बन्द गरेका छन्। यसले सडकमा यातायात ठप्प छ भने यात्रुहरु अलपत्र परेका छन्।