इंग्ल्यान्ड अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
आइतबार अस्ट्रेलियाको मेलबर्नमा हुने फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानको सामना गर्नेछ। हारले ट्वान्टी-२० क्रिकेटको नम्बर १ टिम भारत भने प्रतियोगिताबाट निराशाजनक रूपमा बाहिरिएको छ।
सन् २०१० को च्याम्पियन इंग्ल्यान्ड ट्वान्टी-२० विश्वकपको फाइनल पुगेको यो तेस्रोपल्ट हो। पहिले ब्याटिङ गरेको भारतले १ सय ६९ रनको सम्माजनक लक्ष्य प्रस्तुत गरे पनि इंग्ल्यान्डका लागि प्रारम्भिक ब्याटिङ जोडी जस बटलर र एलेक्स हेल्सले उत्कृष्ट प्रदर्शन गरे। उनीहरूले ट्वान्टी-२० विश्वकपकै सबैभन्दा ठूलो साझेदारी गरे।
जितसम्म पुग्ने क्रममा इंग्ल्यान्डले बिना कुनै विकेटको क्षति १६ ओभरमा १ सय ७० रन बनाएको थियो। उसका लागि जस बटलरले ४९ बलको सामना ८० गरेर रन बनाए। उनले ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै एलेक्स हेल्सले ४७ बलमा ८६ रन बनाए। उनको ब्याटबाट भने ४ चौका र ७ छक्का निस्केको थियो।
त्यसअअघि इंग्ल्यान्डले टस जितेर भारतलाई ब्याटिङका लागि निम्तो दिएको थियो। त्यस क्रममा भारतले ६ विकेटमा १ सय ६८ रन बनाएको थियो। त्यसका लागि विराट कोहली र हार्दिक पान्ड्याले अर्धशतक बनाए। कोहलीले ४० बलमा ५० रन बनाए। यस्तै पान्ड्याले ३३ बलमा ६३ रन बनाए। इंग्लिस बलरमध्ये क्रिस जोर्डले तीन विकेट लिए।