नेपालविरुद्ध १४६ रनको लक्ष्य पाएको नेदरल्यान्डसको उत्कृष्ट सुरुवात

Break n Links
Break n Links

त्रिकोणात्मक महिला टी-२० सिरिजअन्तर्गत बुधबारको खेलमा नेपालले नेदरल्यान्डसलाई १४६ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको हो। यो त्रिवि क्रिकेट मैदानमा नेपाली महिला टिमले बनाएको हालसम्मकै उच्च स्कोर हो।

नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन्। त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा ३९ रन बनाउँदा रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन्।

बलिङमा नेदरल्यान्डसकी आइरिस ज्विलिङले २ विकेट लिइन्।

अहिले नेदरल्यान्डस जवाफी ब्याटिङमा उत्रेको छ। ताजा अवस्थामा पावर प्लेको समाप्तिमा बिना विकेट क्षतिमा ४३ रन बनाएको छ।

प्रकाशित मिति: : 2025-02-05 14:06:00

प्रतिकृया दिनुहोस्